राजधानीको विभिन्न स्थानबाट २२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

प्रहरीले प्रदर्शनको तयारी गरिरहेको भन्दै २२ जना टिवेटियन नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

महानगरिय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट प्रदर्शनको तयारी गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट फ्री तिब्बत लेखिएको टिसर्ट, झोला,टिबेटिएन झण्डा, लगायतको सामग्रीसमेत बरामद गरेको जनाएको छ । फ्री तिब्बतको नारा लेखिएको ट्रयाकसुट लगाएको व्यक्ति पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश तिब्बती नागरिक छन् भने केही नेपाली नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री