शुक्रबार, ७ वैशाख २०८१

सार्वजनिक यातायातमा किशोरी असुरक्षित, हुन्छन् यस्ता हर्कत

समयपोष्ट २०७६ असोज २० गते ६:५५

Advertisement

पछिल्लो समय महिला माथि हुने दुव्र्यवहार बढेकोे छ । बिशेषगरि सार्वजनिक स्थानमा हुने र्दुव्यवहार र सार्वजनीक सवारी साधनमा हुने अभद्र व्यवहार बढेको प्रहरीको दावी छ । हिंसा न्युनिकरणका लागि अधिकारकर्मी तथा प्रहरीले विशेष अभियान चलाए पनि, प्रभावकारी बन्न सकेको देखिंदैन ।

घरभित्र, कार्यक्षेत्रमा र सार्वजनिक सवारी साधनमा महिला माथि हुने दुव्र्यवहारको आंकडा बढेको छ । महिला हिंसा न्युनिकरणका लागि प्रहरी, गैर सरकारी संघसंस्था र जनस्तरबाट विभिन्न खाले अभियान चलाईए पनि किशोरी, बालबालिका तथा महिलाहरु अभद्र व्यवहारको शिकर बन्न वाध्य भएको बताउँछिन् बसमा यात्रा गर्दै गरेकी समिक्षा भट्टराई ।

यस्तै, बिशेषगरि बडी भिडभाड हुने समयमा सार्वजनीक स्थल तथा सार्वजनीक सवारी साधनमा महिलाहरु यौनजन्य दुव्र्यवहारको शिकार भएको सविना राणा पनि दुखेसो छ ।

यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालयले अपरेशन सेफ्टी पिन अभियान चलाई रहेको छ । अभियान अन्तरगत हरेक दिन सादा पोशाकमा महिला प्रहरी सहितको टोली विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातमा चढ्छ । र, सुक्ष्म निगरानी गरेर यौनजन्य दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गर्छन् ।

यही अभियान अन्तर्गत् अहिलेसम्म ४६७ जनालाई प्रहरीले अश्लिल हर्कत, पाकेटमार, अश्लिल गालिगलोज, शारीरिक दुव्र्यसन जस्ता क्रियाकलापमा संलग्न रहेको अवस्थामा पक्रेको छ । यी मध्ये १३४ जना उपर कसुर अनुसार मुद्धा चलाईएको छ ।

सार्वजनीक स्थानमा हुने यस्ता गतिविधि रोक्न प्रहरीले सक्रियता बढाएपनि यो बीचमा काठमाडौका सार्वजनीक यातायात भित्र कल्पनै गर्न नसकिने अश्लिल हर्कत समेत भएको प्रहरी प्रभाग रानीपोखरी काठमाडौं प्रवक्त श्याम ज्ञावालीले बताए ।

यती हुंदा हुंदै पनि बहुसंख्यक युवाती तथा बालीकाहरु ख्यालख्याल मै सार्वजनीक स्थलमा दुव्र्यवहार र यौनजन्य हिंसाको शिकार भई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री