सोमबार, १७ वैशाख २०८१

‘अनुराग’ हेरपछि पूर्वप्रधानमन्त्री खनालले भने- अहिलेसम्मकै उत्कृष्ट चलचित्र, एलिजाजीको अभिनय दमदार छ

समयपोष्ट २०७५ असोज १४ गते ७:०६

ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ शनिबारबाट रिलिज भएको छ । उक्त चलचित्र हेर्न सत्तारुढ दल नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फे कमलपोखरीस्थित सिटी सेन्टरको ‘बिग मुभिज’मा एकसाथ पुगे ।

Advertisement

खनालले उक्त चलचित्र हेरिसकेपछि अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको प्रतिक्रिया दिए । उनले चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको बताए । उनले भने,‘अनुराग अत्यन्तै सबल चलचित्र बनेको छ । मैले हेरेको नेपाली चलचित्रमध्ये यो अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो । युवा पुस्ताहरुको त यसले पुरै मन जितेको छ ।’

उनले ‘अनुराग’ सन्देशमूलक चलचित्र बनेको पनि दाबी गरे । उनले थपे,‘अनुराग उत्कृष्ट चलचित्र बनेको छ । यसमा के छैन ? माया छ, प्रेम छ । कलाकारहरुको अभिनयमा जीवन्त पाएँ । अभिनेत्री एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ ।’

त्यस्तै प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाम्फेले पनि अनुराग अत्यन्तै राम्रो चलचित्र बनेको जनाइन् । उनले भनिन्, ‘पूर्वप्रधानमन्त्रीज्यूले भनेजस्तै यो चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो । यो चलचित्र सुपरहिट हुन्छ । सबै कलाकारहरुको अभिनय जीवन्त छ ।’

उनले फिल्मले नेपाली युवा पुस्ताको भावना बोकेको बताईन् । अनुराग हेर्नको लागि उनले सबै नेपालीहरुलाई आग्रह गरिन् ।

एलिजा गौतम र अभिनेता समुन्द्र पण्डितको शीर्ष भूमिका रहेको चलचित्र ‘अनुराग’ सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री