सोमबार, १७ वैशाख २०८१

यी संसारकै सर्वाधिक कमाई गर्ने ८ फिल्म

समयपोष्ट २०७५ असोज १४ गते ५:५०

१. एभेटार: सन् २००९मा रिलिज भएको एभेटारको कमाइ हालसम्म कुनै चलचित्रले तोड्न सकेको छैन । जेम्स क्यामरुनले निर्देशन गरेको यस चलचित्रले २ अर्ब ७८ करोड ७९ लाख ६५ हजार ८७ डलर कमाएर हालसम्मकै सबैभन्दा बढी कमाउने सूचीको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

Advertisement

२. टाइटानिकः टाइटानिक नामक जहाज डुबेको यथार्थ घटनामा आधारित यस चलचित्रले २ अर्ब १८ करोड ६७ लाख ७२ लाख हजार तीन सय दुई डलर कमाएको थियो । टाइटानिकलाई जेम्स क्यामरुनले नै निर्देशन गरेका थिए । धेरै कमाउने चलचित्रमा यो दोस्रो नम्बरमा छ ।

३. स्टार वार्स स् द फोर्स अवेकन्सःजे जे अब्राहमले निर्देशन गरेको स्टार वार्सः द फोर्स अवेकन्स सांसरकै सबैभन्दा बढी कमाउने तेस्रो चलचित्र हो । यसले २ अर्ब ६ करोड ८१ लाख ७८ हजार २ सय २५ डलर कमाएको छ ।

४. एवेन्जर्सः एवेन्जर्स एक सुपरहिरोको चलचित्र हो, जसलाई जोस वोदोनले निर्देशन गरेका छन् । यस चलचित्रले १ अर्ब ५१ करोड ९५ लाख ५७ हजार ९ सय १० डलर कमाएको छ ।

५. जुरासिक वर्ल्डः यो चलचित्र सबैभन्दा बढी कमाउने चौथो चलचित्र हो । कार्लिन ट्रेवार्न निर्दे्शित यो चलचित्रले १ अर्ब ६७ करोड ४ लाख ६ सय ३७ डलर कमाएको थियो ।

६. फास्ट एन्ड फ्यूरिसयः सन् २०१५मा आएको फास्ट एण्ड फ्यूरियस श्रंखलाको सातौँलाई जेम्स वनले निर्देशन गरेका थिए । यस चलचित्रले १ अर्ब ५१ करोड ६० लाख ४५ हजार ९ सय ११ डलर कमाएको छ ।

७. हैरी पोटर एण्ड द डेथली हैलोजः हैरी पोटर सिरिज यस चलचित्रले १ अर्ब ३४ करोड १५ लाख ११ हजार २ सय १९ डलर कमाएर संसारकै सबैभन्दा बढी कमाउने आठौं चलचित्रको रेकर्ड राखेको छ ।

८. एवेन्जर्स–ऐज अफ अलट्रोनः एवेन्जर्सको सिक्वेल यो चलचित्रले १ अर्ब ४० करोड ५४ लाख १३ हजार ८ सय ६८ डलर कमाएको थियो । यसलाई जान्स व्हेडनले निर्देशन गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री