आइतबार, ६ जेठ २०८१

‘कफी विथ करण’मा यस सिजनमा देखिनेछन् यी स्टार किड्स

समयपोष्ट २०७५ असोज ११ गते ६:५२

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ चाँडैनै सुरु हुँने भएको छ । शोमा स्टार किडहरुलाई पनि बोलाउने निकै चर्चा छ । शाहरुख खानकी छोरी सुहाना खान यस शोमार्फत दर्शक माझ आउने चर्चा छ भने बोनी कपूरका छोरा अर्जुन कपूर र जान्हवी कपूर यस शोमा एक साथ उपस्थित हुने बताइएको छ । अर्जुन र जान्हवी सौतेला दाइ बहिनी हुन् । अर्जुन बोनी कपूरकी जेठी श्रीमती मोनाका जेठा छोरा हुन् भने जान्हवी श्रीदेवी र बोनी कपूरकी छोरी हुन् ।

Advertisement

बोनी कपूरले श्रीदेवीका साथ विवाह गरेपछि आमाका साथ छुट्टै बस्न थालेका अर्जुन र श्रीदेवीको परिवार कहिले पनि एक साथ देखिएको थिएन । दुवै परिवार बीचको सम्बन्ध बिग्रिएको थियो । तर श्रीदेवीको अचानक निधन भएपछि अर्जुन कपूरले सबै कुरा बिर्सिएर बहिनीहरु जान्हवी र खुशीलाई साथ दिँदै आइरहेका छन् ।

जान्हवी कपूरको बलिउड डेब्यूदेखि लिएर जान्हवीको हरेक कुरामा अर्जुनले एक जिम्मेवार दाइको रुपमा साथ दिँदै आइरहेका छन् ।

यसैगरी करणको शोमा केही समय अघिमात्रै बैवाहिक जीवन सुरु गरेका अनुष्का शर्मा र विराट कोहली पनि आउने चर्चा छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री