बिहीबार, १५ चैत २०८०

सेवामा प्रतिस्पर्धा भइरहेको छ : प्रिमियर इन्स्योरेन्सका डेपुटी सीईओ सहदेव तिवारीको अन्तर्वार्ता

समयपोष्ट २०७५ असोज ९ गते १३:०७

प्रिमियर इन्स्योरेन्सको पछिल्लो अवस्था कस्तो छ ?

Advertisement

प्रिमियर इन्स्योरेन्सको पछिल्लो अवस्था राम्रो छ । अहिले हाम्रा ५० वटा शाखा छन् । ११ वटा शाखा थप गर्नका लागि बीमा समितिमा निवेदन दिएका छौँ । यो वर्ष ६५ शाखा खोल्ने हाम्रो योजना छ ।

के–कस्ता बीमा कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

इन्स्योरेन्स सेक्टरको मुख्य बिजनेस भनेकै परम्परागत बिजनेस नै हो । जस्तो– कृषि, फायर, मोटर, ट्रान्जिट इन्स्योरेन्सहरू हुन् । अलिकति नयाँ भनेर हामीले ल्याउन खोजेको सेक्योर माइन्ड भन्ने छ । हस्पिटलाइजेसन भनेर क्यास लेस भन्ने छ । यो भनेको अहिले हाम्रो टाइअप विभिन अस्पतालहरू जस्तो– मेडिसिटी, ओमलगायतका सँग छन् । क्यासलेस भन्नाले अस्पतालमा बस्दा जुन बीमाको टर्म म्याच हुन्छ, त्यो सीधै अस्पताललाई तिरिदिन्छौँ । बाँकी बिमितले तिर्छ ।

चुक्ता पुँजी कति पुग्यो ?

अहिले हाम्रो पुँजी ५८ करोड ४० लाख रूपैयाँ पुगेको छ । ४१ लाख ६० हजार पुगेको छैन । भर्खरै मात्र हामीले एफपीओ जारी गरेका थियौँ । एफपीओ जारी गर्दा ४६ लाखभन्दा बढी प्रिमियममा छ । त्यसबाट पनि पुग्छ । प्रिमियमबाट हामीले बोनस सेयर जारी गर्न पाउँछौँ । त्यसले गर्दा समितिले तोकेको चुक्ता पुँजी हामी पुर्याउँछौं ।

बीमा भुक्तानी दिने बेला कम्पनीहरूले अनेक लफडा निकाल्छन् भनिन्छ नि ?

त्यो कुनै–कुनै कम्पनीमा होला, नभए त्यस्तो छैन । बीमा कम्पनीहरू भनेका पब्लिक लिमिटेड कम्पनी हुन् । मुख्य कागजपत्रहरू केही गडबड आयो भने त्यस्तो हुने हो । अहिले स्पट सेटलमेन्टहरू भन्ने आइरहेको छ । तर डकुमेन्ट पुरा हुनुपर्यो । जस्तो– अहिले मोटरकै केसमा पनि सर्भेयर भन्ने कुरा थर्ड पार्टीमा निर्भर हुन्छ । सर्भे रिपोर्ट नआएसम्म हामीले केही गर्न सक्दैनौँ । किनभने उहाँहरू भनेको बीमा समितिबाट लाइसेन्स लिएका प्रोफेस्नलहरू हुनुभयो । उहाँहरू इन्डिपेन्डेन्ट हुनुहुन्छ । उहाँको रिपोर्ट नआएसम्म कम्पनीले केही गर्न सक्दैन । त्यो रिपोर्ट आएपछि पनि बाँकी अरू रिपोर्टहरू नआएको अवस्था हुन सक्छ । त्यस्तो अवस्थामा हामीले अन्य भेरिफिकेसनहरू माग्छौँ ।

अहिले त्यसमा पहिलेको हेरी निकै सुधार आएको छ । पहिले कम्पनीहरूले मार्केटिङ मात्र गर्थे भने अहिले ग्राहकहरूलाई कसरी सन्तुष्ट बनाएर बिजनेस लिने भन्ने छ । त्यस कारण सर्भिसमा पहिलेको भन्दा बेटर भइरहेको छ । सेवामा प्रतिस्पर्धा भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री