आइतबार, ६ जेठ २०८१

धमलाले गरे आफ्नै पत्नीमाथि हमला (भिडियो)

समयपोष्ट २०७५ असोज ८ गते ४:४८

चर्चित पत्रकार ऋषि धमलाले हिमालयन टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा आफनै श्रीमति एलिजा गौतमको अन्तर्वार्ता लिएका छन ।

Advertisement

असोज १२ गते रिलिज हुने सिनेमा ‘अनुराग’मा धमलाकी पत्नी गौतम नायिकाको भुमिकामा छिन् । भरत गौतम, गीता भेटवालको लगानी रहेको सिनेमामा नव(नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘अनुराग’मा एक पृथक संगीतिक प्रेमकथा रहेको नायिका एलिजा गौतमले बताइन् ।

सिनेमामा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री