आइतबार, ६ जेठ २०८१

इन्गेजमेन्टमा बुवाको हात समातेर यसरी इन्ट्रि भइन् ईशा (भिडियोसहित)

समयपोष्ट २०७५ असोज ७ गते ७:३३

ईशा अम्बानीको इटालीमा चलिरहेको इन्गेजमेन्ट पार्टीमा धेरैको रुची छ । ईशाको इन्गेजमेन्टको पार्टीको तस्बिर र भिडियो धेरैले हेरिरहेका छन् । हालै, ईशा अम्बानी पिता मुकेशसँग इन्ट्रि गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

Advertisement

गोल्डन इम्ब्रोइडेड ड्रेसमा बुवाको हात समातेर इशा इन्ट्रि गरिरहेको देख्न सकिन्छ । भिडियोमा इशा पाहुनाको स्वागत गरिरहेको देख्न सकिन्छ । इन्गेजमेन्ट स्थानसम्म ईशालाई ल्याएर मुकेशले आफ्नी छोरीको हात आनन्द पिरामिलाई सुम्पिए ।

इटालीको लेक कोमोको लग्जरी प्रोपर्टीमा आयोजित अम्बानी परिवारकी छोरी ईशाको इन्गेजमेन्टमा विभिन्न हस्ती समावेश भए । बलिउड स्टार आमिर खानदेखि निक जोनस, प्रियंका चोपडा, करण जोहर, अनिल कपुर, जान्ह्वी कपुर, मनिष मल्होत्रा, जुही चावला, सोनम कपुरलगायतका सेलिब्रिटी ईशाको इन्गेजमेन्टका लागि इटाली पुगे । बिजनेस टुडेका अनुसार इटलीको लोम्बार्डी क्षेत्रस्थित लेक कोमो रोमन कालदेखि नै व्यापारी र धनी व्यक्तिहरुको रुचीको स्थान हो । साथै, यहाँ विभिन्न हस्तीले विवाह गरेका छन् । दीपिका पादुकोण र रणबीर सिंहले पनि यही विवाह गर्ने खबर बाहिरिएको छ ।

https://www.youtube.com/watch?time_continue=2&v=Da7FOxcZM0U

एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री