आइतबार, ६ जेठ २०८१

यस्तो रहेछ नेहा धुपियाले गर्भवती भएको कुरा लुकाउनुको कारण

समयपोष्ट २०७५ असोज ७ गते ७:०५

नेहा धुपियाले लामो समयसम्म आफु गर्भवती भएको कुरा लुकाईन् । तर अहिले आएर उनले आफु गर्भवती भएको कुरा लुकाउनुको कारण बारे खुलस्त पारेकी छिन् ।

Advertisement

मिड–डेसँगको कुराकानीमा नेहाले यति लामोसम्म गर्भवती हुनुको रहस्य लुकाउने कारण बारे चर्चा गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुले मलाई काम दिन बन्द गर्ने हुन् कि भनेर डर लागेको थियो ।’ वास्तवमा नेहा त्यतिबेला काजोलसँग ‘हेलिकोप्टर इला’ को सुटिङ गरिरहेका थिए । त्यसबाहेक उनको आफ्नै शौ ‘नो फिल्टर नेहा’ को पनि सुटिङ गरिरहेकी थिइन् ।

नेहाले मिड डेलाई भनिन्, ‘उनीहरु सबैले म गर्भवती भएको थाहा पाए भने मलाई काम दिन बन्द गर्ने हुन् कि भन्ने डर त्यतिबेला लागेको थियो । यो राम्रो भयो कि ६ महिनासम्म मेरो बेबी बम्प त्यति धेरै देखिएन किनभने यो फिल्ड यस्तो हो जहाँ तपाईं फिट र सुन्दर देखिन अत्यावश्यक छ ।’

नेहाले थपिन्, ‘कसैलाई लाग्न सक्छ कि म कामका लागि अनफिट छु तर मेरो इनर्जी लेभल निकै हाई थियो ।’ आफू गर्भावस्थामा छुट्टी लिने महिलाको विरुद्धमा नभएको स्पष्ट पार्दै उनले भनिन्, ‘गर्भावस्थामा पनि काम गरिराख्नु मेरो नीजि निर्णय थियो । गर्भावस्थामा पनि काम गरेर म कुनै ट्रेन्ड सेट गर्न चाहन्नथें ।’

स्मरण रहोस्, आफू गर्भवती भएको घोषणा गरेपछि अब नेहा आफ्नो ठूलो भइसकेको पेटलाई निकै सहज रुपमा देखाउँछिन् । आफ्नो कार्यक्रम ‘नो फिल्टर नेहा’ को सुटिङ पनि उनले लगातार गरिरहेकी छिन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री