खुर्सिद हत्या छानविन गर्न समिति गठन

हिजो हत्या गरिएका रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन भएको छ ।

गृह मन्त्रालयले शुक्रबार प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल संयोजकत्वमा चार सदस्य छानबिन समिती गठन गरेको हो ।

Advertisement

जसमा सदस्यहरु सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, सदस्य सचिवमा सुनसरी जिल्ला प्रशासन कार्यालयका राजन पाण्डे तोकिएका छन् ।

समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । त्यस्तै गृहमन्त्रालयले खुर्सिदको परिवारलाई काठमाडौँमा गृहमन्त्रीसँग उपयुक्त समयमा भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै गृहमन्त्रालयले घटनाको छानविन गर्न सिआइवीका २ टोली समेत खटाएको जनाएको छ ।

खुर्सिदको बिहीबार अज्ञात समुहले गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री