आइतबार, ६ जेठ २०८१

ऐश्वर्यादेखि अमिशासम्म, यी हुन् बलिउडका करोडपति ८ नायिका

समयपोष्ट २०७५ असोज ४ गते ७:५४

केही नयाँ तथा पुराना अभिनेत्रीहरु बलिउडमा आफ्नै मेहेनतले करोडपति बन्न सफल भएका छन् । नायकको तुलनामा नायिकालाई कम पारिश्रमीक
दिइने बलिउडमा करोडपति ८ नायिकाको तल चर्चा गरिएको छ :

Advertisement

प्रियंका चोपडा
प्रियंका अहिले हलिउड प्रोजेट र बलिउडको पनि ठुलो प्रोजेटमा काम गरिरहेकी छन् । उनी अहिले बलिउडकी महँगी अभिनेत्री पनि हुन् । उनको सम्पत्ति ५५ करोड डलर रहेको छ ।

ऐश्वर्या राय बच्चन
अहिले बच्चन खानदानकी बुहारी केही समय फिल्म अभिनयबाट पनि टाढा रहेकी थिइन् । उनी बलिउडकी सबैभन्दा धनी हिरोइन पनि हुन् । २०१५ सम्म उनको कुल सम्पत्ति २३५ करोड रहेको थियो । उनी अहिले पनि सबैभन्दा ठूलो ब्राण्डसम्म काम गरिरहेकी छन् ।

सोनाक्षी सिन्हा
सोनाक्षी सबैभन्दा कम समयमा बलिउडमा सफलता हात पार्ने अभिनेत्री हुन् । आफ्नो मिहिनेत र निरन्तरताले उनले बलिउडमा राम्रो स्थान बनाएकी छन् । उनी आफैंले कमाएर करोडपति भएकी छन् ।

दीपिका पादुकोण
दीपिका अहिले बलिउडमा सबैभनदा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् । छोटै समयमा बलिउडमा पहिचान बनाउन सफल उनी अहिलेकी हिट हिरोइन पनि हुन् । उनीसँग अहिले १० मिलियन डलर सम्पत्ति छ

बिपासा बासु
बिपासा बासु पनि बलिउडकी सफल अभिनेत्री हुन् । बोल्ड लुकका कारण उनी सधै चर्चामा रहने गरेकी छन् । छोटो समयमा बलिउडमा ठुलै फड्को मात्र सफल उनीसँग १५ मिलियन डलर बढी सम्पत्ति रहेको छ ।

Advertisement

बिद्या बालन
५ फिल्म फेयर अवार्ड जितेकी बिद्याले हम पाँच चलचित्रबाट अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले केही सुपरहिट चलचित्र पनि दिइन् । उनी अहिले १५ मिलियन डलरको मालिक्नी भएकी छन् ।

सोनम कपुर
सोनमले पनि बलिउडमा थुप्रै सुपरहिट चलचित्र दिएकी छन् । साँवरिया फिल्मबाट अभिनय करियर सुरु गरेकी उनीसँग १५ मिलियन डलर सम्पत्ति रहेको छ ।

अमिशा पटेल
लामो समयदेखि चलचित्र अभिनयबाट टाढा रहँदै आएकी अमिशालाई पैसाको कुनै कमी छैन । बलिउडमा सबैभन्दा बढेकी हिरोइन भनेर उनलाई भन्ने गरिन्छ । एक समय बिक्रम भट्टसँगको सम्बन्धका कारण चर्चामा रहेकी अमिशा अहिलेसम्म अविवाहित हुन् । उनसँग ३० मिलियन डलर सम्पत्ति रहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री