शनिबार, १५ वैशाख २०८१

राउटे बस्तीमा यस्तो भयो पहिलो पटक बाल दिवस

समयपोष्ट २०७५ भदौ २९ गते १५:२३

राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ ।

Advertisement

यहाँको गुराँस गाउँपालिका–८ को पाखापानीमा बसोबास गर्दै आएका उक्त समुदायको बस्तीमै पुगेर पहिलो पटक बाल दिवस मनाइएको हो ।

जिल्ला बालकल्याण समिति दैलेख, गुराँस गाउँपालिका र सामाजिक सेवाकेन्द्र (सोसेक) नेपाल दैलेखको संयुक्त प्रयासमा राउटे बालबालिकाले पहिलो पटक बालदिवस मनाएका हुन् ।

बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला बालकल्याण समिति दैलेखका अध्यक्ष एवं दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले राउटे समुदायका बालबालिका र उनीहरुका अभिभावकलाई कपडा वितरण गर्नुभएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) ले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट समुदायका ३९ बालक र ३० बालिका गरी ६९ बालबालिकालाई वितरण गरिएको जनाएको छ । यस्तै ३७ जना महिलालाई पनि कपडा वितरण गरिएको थियो ।

सोही अवसरमा गुराँस गाउँपालिकाले राउटे समुदायका १५१ जनालाई प्रतिव्यक्ति दुई हजारका दरले भदौको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले सामाजिक सुरक्षाभत्ता वितरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री