शुक्रबार, १६ चैत २०८०

निर्मला हत्या प्रकरण: गृहमन्त्री थापाले सदनमा दिए यस्तो जवाफ

समयपोष्ट २०७५ भदौ २९ गते ६:४१

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको बारेमा सरकार गम्भिर रहेको बताएका छन् ।

Advertisement

शुक्रबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यसबारेमा अनुसन्धान भइरहेको र छिट्टै सत्य तथ्य बाहिर आउने बताए । उनले भने– ‘दीलिप विष्ट नै दोषी हो भनेर आफूले मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । विष्ट देखिएनन् अरुमाथि छानविन जारी छ ।’

यस्तै गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको स्वभाविक मृत्यु भएको बताएका छन् । उनले यादवमाथि बर्दिया अदालतबाट ७ दिनको म्याद थप भएपछि हिरासतमा लिएको जानकारी गराए ।

यादव भदौ १४ गते बिहान सवा ६ बजे बिरामी भएको र स्थानीय अस्पतालमा उपचार गराएको तर त्यहाँ उपचार सम्भव नभएपछि भदौ १५ गते काठमाडौ त्रिवि शिक्षण अस्पतालमा ल्याएको बताए ।

भदौ १६ गते उनको रोगको कारणबाट स्वभाविक मृत्यु भएको बताए । भिशेरा र रगतको परिक्षण भइरहेको उनले जवाफ दिएका छन् ।

सांसदहरुको प्रश्नमा गृहमन्त्री थापाले भने–‘राममनोहर यादवका सन्र्दभमा शान्तिपूर्ण विरोध गर्न पाइन्छ । उनीहरुले बिखण्डकारी नारा लगाएको सन्दर्भमा गिरफ्तार गरिएको हो । मन्त्रीहरुको, सरकारको, संविधानको विरोध गर्न पाइन्छ सरकारले यसलाई रोक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री