बिहीबार, १३ वैशाख २०८१

बलात्कारी जोगाउन सांसदले आफ्नै घरमा राखे पञ्चायती

समयपोष्ट २०७५ भदौ २८ गते १:०२

बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ ।

Advertisement

पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो ।

रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए ।

घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी आमाले भनिन्, हामीसित पनि बयान लिने काम भयो । पछि सुनें, पैसा दिने निर्णय भएछ । अस्वीकार गरेर प्रहरीसमक्ष न्यायका लागि आयौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री