बुधबार, १२ वैशाख २०८१

न्यायालय नागरिकको पहुँच बाहिर

समयपोष्ट २०७५ भदौ २६ गते ९:३८

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभएको छ ।

Advertisement

युथ नेटवर्क दमकले आज यहाँ आयोजना गरेको ‘न्यायामा आम नागरिकको पहुँच’ विषयक अन्तक्र्रियामा उहाँले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताउनुभयो ।

आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उहाँले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री