बिहीबार, १३ वैशाख २०८१

हेलिकप्टर दुर्घटनामा बाँच्न सफल डोल्मालाई काठमाडौँ ल्याइयो

समयपोष्ट २०७५ भदौ २३ गते १५:२४

गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ ।

Advertisement

शनिबारको दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । दुर्घटनामा
मृत्यु भएकाको शव भने प्रतिकूल मौसमका कारण काठमाडौँ ल्याउन सकिएको छैन ।

दुर्घटनामा चालकसहित सात जना रहेकोमा डोल्माबाहेक छ जनाको मृत्यु भइसकेको छ । आज बिहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री