शनिबार, १५ वैशाख २०८१

पाईलट पढाउँदै नगरपालिका,यी कोर्स पनि पढाउँने

समयपोष्ट २०७५ भदौ २२ गते १:५०

खाठबिसकोट नगरपालिका ५ का ललित भण्डारीसँग पाईलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् ।

Advertisement

आजको कान्तिपुर दैनिकमा खबर छ,वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो ।

दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले । शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स गर्नै फिलिपिन्स उड्ने तयारीमा छन् ।

उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ ।

५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलार्यसकेको छ ।

दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगरप प्रमुख गोर्खबहादुर केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री