शुक्रबार, १६ चैत २०८०

बङगलादेशले नेपालको ९ हजार मेगावाट बिजुली खरीद गर्ने

समयपोष्ट २०७५ भदौ २१ गते १२:४८

बङगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।

Advertisement

उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट विजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर,उर्जा र मिनरल रिसोर्स मन्त्रालयअन्र्तगतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख छ ।

ढांकामा विहीवारबाट सुरु भएको पावर एण्ड इनर्जी विक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बङगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने दाबी गरेकी छन् । उनले भनिन्, ‘नेपाल र भुटानबाट विजुली आयात गर्ने हाम्रो कोशिश जारी छ,नेपालसंग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ ।’ उनले बङगलादेश,भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन् ।

नेपाल र बङगलादेशबीच गत १० अगस्टमा इनर्जी कोअपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जामन्त्री बर्षमान पुन र बङगलादेशका उर्जामन्त्री नसरुल हमिदबीचले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री