बिहीबार, १३ वैशाख २०८१

लगातार बढेको सेयर बजार ४.३६ अंकले घट्यो

समयपोष्ट २०७५ भदौ २१ गते ९:३७

लगातार बढेको सेयर बजार आज घटेको छ । आज नेप्से परिसुचक ४.३६ अंकले घटेर १२२९.७७ अंकमा झरेको छ । आज १ सय ७४ कम्पनीका ३२ लाख कित्ता सेयर ७९ करोड रुपैयाँ बराबरमा किनबेच भयो । आज सबैभन्दा बढी सेयर एन एम बि बैंकको किनबेच भएको छ ।

Advertisement

आज तीन समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज ब्यापार समुह ३.७६,उत्पादनमुलक समुह २०.४१ र अन्य समुह १४.०५ अंकले बढेका छन् ।

आज बाणिज्य बैंक समुह ५.०९,होटल ४.९४,विकास बैंक १५.०९,जलविद्युत १५.९६,फाइनान्स ३.२२,र्निजिवन बिमा समुह ८४.०७,लघुवित्त समुह १५.०८ र जीवन बिमा समुह ३८.८२ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री