शुक्रबार, १६ चैत २०८०

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कति पुग्यो ?

समयपोष्ट २०७५ भदौ २१ गते १:२७

नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको छ ।

Advertisement

निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ बढाउने निर्णय गरेको हो ।

यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाउने निर्णय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

भाउ बढेसँगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटर रु १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ र ग्यास प्रति सिलिन्डर रु र १ हजार ४ सय रुपैयाँ तिर्नुपर्ने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री