बिहीबार, १३ वैशाख २०८१

सिटिइभिटीका कर्मचारीलाई शेयरधनी नबन्न निर्देशन

समयपोष्ट २०७५ भदौ १९ गते १५:५६

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का कर्मचारीलाई निजी संस्थाहरुको शेयरधनी नबन्न निर्देशन दिनुभएको छ ।

Advertisement

भक्तपुरस्थित परिषद्को आज अवलोकनका क्रममा मन्त्री पोखरेलले सिटिइभिटीलाई कर्मचारी सेवानिवृत्त हुँदा आफ्ना वा आफन्तका नाममा सिटिइभिटीअन्तर्गतका निजी संस्थाका मालिक बन्ने गरेको आम जनताको आरोप हटाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले ९५ जना सामुदायिक विद्यालयलमा प्राविधिक शिक्षाको सम्बन्धन दिने निर्णय कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । सिटिईभिटीमा ९३२ कर्मचारी छन् । त्यसमध्ये सयभन्दा धेरै उपसचिव र २० भन्दा बढी सहसचिव स्तरका जनशक्ति छन् । मन्त्री पोखरेलले कर्मचारी दरबन्दीका विषयमा पनि प्रश्न उठाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री