शुक्रबार, १४ वैशाख २०८१

खेलाडी तथा प्रशिक्षक सम्मानित

समयपोष्ट २०७५ भदौ १९ गते ११:३२

नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीलाई वालिङ नगरपालिकाले सम्मान गरेको छ ।
उक्त नगरपालिकाभित्रका झण्डै १२ खेलाडी नेपालको राष्ट्रिय टोलीमा सहभागी भइ खेल प्रदर्शन गरेका र तीमध्ये वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज हमाल, क्षितिजराज जिटी तथा महिलातर्फ रिया बानु, रेनुका हमाल, सुस्मा जिटी, सरिष्मा थापालाई जनही रु पाँच हजार सहित सम्मानपत्र प्रदान गरिएको थियोे ।

Advertisement

आगामी दिन बाँकी अन्य खेलाडीलाई पनि सम्मान गर्ने उक्त नगरपालिकाले जनाएको छ । वालिङको फुटबल खेल क्षेत्रको विकासका लागि निरन्तररूपमा योगदान पु¥याउने पूर्वखेलाडी एवं प्रशिक्षक दिलीप थापालाई उक्त नगरपालिकाले सम्मानस्वरुप माउण्टेन बाइक प्रदान गरेको थियो ।

नगर प्रमुख दिलीपप्रताप खाँणले यस नगरपालिकाको खेल तथा खेलाडीको स्तरवृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यहाँबाट उत्पादन भएका खेलाडीले विदेशमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपालकै गौरव राखेकामा प्रशंसा गर्नुभयोे ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री