शुक्रबार, १६ चैत २०८०

करलाई जनताको सेवासँग जोड्न आग्रह

समयपोष्ट २०७५ भदौ १९ गते १०:५७

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गर्नु भएको छ । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा आज उहाँले सो कुरा बताउनुभएको हो ।

Advertisement

उहाँले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिनुभयो । कर क्षमताअनुसार लाग्ने र लगाउने भएकाले सेवा विस्तार तथा ढुवानीमा कर नलाग्ने जानकारी दिँदै मन्त्री आङ्बोले संविधानको धारा २३६ मा प्रदेश सरकारले लगाएको कर आकर्षण नहुने बताउनुभयो ।

योजनामन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको राजश्व परामर्श समितिकै सुझावको आधारमा निकासी शुल्क लगाएको बताउँदै स्थानीय तहमा स्रोतलाई बलियो बनाउन लगाएको करले जनतालाई नै फाइदा पुग्ने स्पष्ट पार्नुभयो । उहाँले पटके कर संविधान विपरीत भएको भन्दै स्थानीय तहको आर्थिक ऐनमा देखिएको समस्या समाधान गर्न आवश्यक छफफल भइरहेको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री