शुक्रबार, १४ वैशाख २०८१

काङ्ग्रेस कमजोर हुनुको कारण यस्तो पो

समयपोष्ट २०७५ भदौ १६ गते १६:२५

पूर्वसभामुख एवं नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुङ्गानाले प्रजातान्त्रिक विचारको कमी भएकाले नेपाली काङ्ग्रेस पार्टी कमजोर भएको बताउनुभएको छ ।

Advertisement

प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा आज भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ उहाँले पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि आफ्नो निकटकालाई साथमा लिएर हिँडेकाले पार्टी जनताबाट पछि परेको बताउनुभयो ।

काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन गुट उपगुट र विभाजित मानसिकताबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचनमा पार्टी हार्नुमा पहिलो जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने र त्यसपछि पदीय हिसाबले सबैले लिनुपर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले कृष्णप्रसाद भट्टराईको सिद्धान्त अवलम्बन गरेमा मात्रै प्रजातान्त्रिक विचार बाँच्न सक्ने बताउनुभयो । सिंहले अहिले काङ्ग्रेस प्रतिपक्ष पनि बन्न नसक्ने र सत्य कुरा पनि बोल्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

यसैगरी प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका निवर्तमान अध्यक्ष कुलचन्द्र वाग्लेले काङ्ग्रेस पार्टी बन्नका लागि कृष्णप्रसाद भट्टराई र बिपीको सिद्धान्तको संरक्षण र विकास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री