बिहीबार, १३ वैशाख २०८१

यस्तो आयो धमला पत्नी एलिजाको ‘अनुराग’ (भिडियो)

समयपोष्ट २०७५ भदौ १६ गते ४:१८

असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, रोदन, विछोड सबै खुराक छ ।

Advertisement

अनु र रागको प्रेममा आउने उचारचढावको कथा फिल्मले वाचन गर्ने ट्रेलर बोल्छ । यो फिल्ममा एलिजाको नव-नायक समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री