शनिबार, १५ वैशाख २०८१

काठमाडौंमा जमिन फाट्यो, ४ घर भत्किए

समयपोष्ट २०७५ भदौ १६ गते १:२९

बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् ।

Advertisement

आजको कान्तिपुरमा समाचार छ, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री