बिहीबार, २३ असोज २०८२

दोहोरो अंकले बढ्यो नेप्से परिसुचक

समयपोष्ट २०८२ असोज १२ गते १५:४६

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक, फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले बढेको छ।

१३ उपसमूहमध्ये १० वटाको परिसूचक आज बढेको छ भने ३ वटाको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब १ प्रतिशतले बढेको छ। यता, व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले घटेको छ। होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले ओरालो लागेको छ।

यद्यपि, नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। गत बिहीबार ३ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको इकाईमूल्य ८९ पैसा बढेर ९ रुपैयाँ ७९ पैसामा अन्तिम कारोबार भएको छ। भगवती हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने यूनियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतले उकालो लागेको छ। यता, सिक्लेस हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको कारोबार रकम ८ करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री