शनिबार, १ कार्तिक २०८२

मोबाइल वालेटको दैनिक कारोबार सीमा बढ्यो

समयपोष्ट २०८२ असोज १० गते ११:३२

Advertisement

नेपाल राष्ट्र बैंकले चाडबाडलाई मध्यनजर गर्दै मोबाइल वालेटबाट हुने दैनिक कारोबारको सङ्ख्या सीमा अस्थायी रूपमा बढाएको छ।

हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमार्फत दिनमा अधिकतम १० पटक कारोबार गर्न पाउने व्यवस्था रहेकोमा यो सीमालाई बढाएर अधिकतम ४० पटकसम्म कारोबार गर्न सकिने बनाइएको छ।

यो नयाँ व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागू हुनेछ। बैंकले डिजिटल दक्षिणा भुक्तानीलाई सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ।

हाल नेपालमा करिब दुई दर्जन डिजिटल वालेट सञ्चालनमा छन्। तीमध्ये ईसेवा, खल्ती र नमस्ते पे जस्ता वालेटहरू सर्वाधिक लोकप्रिय छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री