हिमालयन बैंकको चाबहिल–२ शाखा बालुवाटारमा स्थानान्तरण
समयपोष्ट
२०८२ असोज २ गते १४:५२

हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल–२ शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं. ०२, बालुवाटारस्थित एन एल कम्प्लेक्समा आज मिति २०८२ साल आश्विन २ गतेदेखि “बालुवाटार शाखा” नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न सुरु गरेको छ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरू र अन्य अतिथिहरूको उपस्थितिमा गर्नुभएको छ।
हाल हिमालयन बैंकले नेपालभर फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पिओएस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


























प्रतिक्रिया