शनिबार, १ कार्तिक २०८२

मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०८२ असोज २ गते ११:२१

Advertisement

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) समावेश छ। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री