सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, ई-सेवा र खल्तीमार्फत बीमाशुल्क भुक्तानी गर्ने ग्राहकहरूले यो अफरको लाभ लिन सक्नेछन्।
यो योजनाअन्तर्गत, बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मितिपछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकहरूले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम १,००० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्। यो अफर २०८२ असोज १ देखि मंसिर २९ सम्म लागू हुनेछ।
कम्पनीले यो योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरेको छ। “हामी ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइरहेका छौँ। यो क्यासब्याक अफरले ग्राहकहरूलाई प्रिमियम भुक्तानीमा थप प्रोत्साहन प्रदान गर्नेछ,” कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
थप जानकारीका लागि ग्राहकहरूले ९८०१२३४४४४ वा ०१-४५३६१२६/२७/२८ मा सम्पर्क गर्न सक्नेछन्। साथै, support@sunlife.com.np मा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।



























प्रतिक्रिया