मंगलबार, ४ कार्तिक २०८२

शिवम् सिमेन्टद्वारा “Quality को मामलामा No Compromise” अभियानको तेस्रो भिडियो सार्वजनिक

समयपोष्ट २०८२ भदौ २४ गते ६:५७

Advertisement

नेपाली सिमेन्ट उद्योगमा अग्रणी शिवम् सिमेन्टले आफ्नो चर्चित ब्रान्ड अभियान “Quality को मामलामा No Compromise” अन्तर्गत तेस्रो सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। यो भिडियोले समयको महत्वलाई जोड दिँदै दुई साथीको कथामार्फत “समयको मामलामा No Compromise” भन्ने सन्देश प्रस्तुत गरेको छ। कथामा एक साथी समयमै एयरपोर्ट पुग्छ भने अर्को साथी उडान ढिलो हुने आशामा घरमै बस्छ, तर जहाज समयमै उड्ने भएपछि समयको महत्वलाई दर्शाइएको छ।

यसअघि अभियानको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको कथामार्फत “कर्तव्यको मामलामा No Compromise” भन्ने सन्देश प्रस्तुत गरिएको थियो। उक्त भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रति जागरूकता फैलाउने लक्ष्य राखेको थियो। दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौताको कथामार्फत “सतर्कताको मामलामा No Compromise” भन्ने सन्देश दिइएको थियो, जसले विश्वासघात र छलकपटबाट बच्न सतर्कताको आवश्यकता उजागर गरेको थियो। यी भिडियोहरू दर्शकहरूले अत्यधिक रुचाएका थिए।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापनमा सीमित नभई सामाजिक उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ। “Quality को मामलामा No Compromise भन्न सजिलो छ, तर व्यवहारमा लागू गर्न चुनौतीपूर्ण छ। जसले यो प्रतिबद्धता पूरा गर्छ, उसको शिर सधैं ठाडो हुन्छ,” भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरप्रतिको अटल प्रतिबद्धता दोहोर्याएको छ।

कम्पनीले स्थापनाकालदेखि नै Ordinary Portland Cement (OPC) सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ। गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास राख्ने शिवम् सिमेन्टले हरेक परिस्थितिमा आफ्नो “No Compromise” को वाचा पूरा गर्दै उच्च गुणस्तरको सिमेन्ट उत्पादन र वितरणमा निरन्तरता दिएको छ। “गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको” र “कर्तव्यको मामलामा No Compromise” जस्ता नाराहरूले कम्पनीको मूल सिद्धान्तलाई प्रतिबिम्बित गर्छ।

Advertisement

यो प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालको पहिलो सिमेन्ट कम्पनी बनेको छ, जसले उत्कृष्ट गुणस्तरमा आधारित ‘NS Quality Award 2019’ प्राप्त गरेको छ। यो अभियान र पुरस्कारले शिवम् सिमेन्टको गुणस्तरप्रतिको दृढता र बजारमा आफ्नो अग्रणी स्थानलाई थप पुष्टि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री