एनएमबि बैंक र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्झौता

एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि.बीच बैंकका कर्मचारी, तिनका परिवार र ग्राहकहरूलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो सम्झौताले हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरूमा विशेष छुटको व्यवस्था गरेको छ।
सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी, तिनका परिवार र ग्राहकहरूले बुटवल हस्पिटलमा बेड चार्ज, ल्याब टेस्ट, अपरेसन चार्ज, युएसजी, ईसीजी, ईको, एक्स-रे, फिजियोथेरापी र मेडिसिनजस्ता सेवाहरूमा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यो सुविधाले उपचारको क्रममा आर्थिक राहत प्रदान गर्ने बैंकको विश्वास छ।
सम्झौतामा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले एनएमबि बैंकको खातामार्फत भुक्तानी गर्नुपर्नेछ। भुक्तानीका लागि बैंकको एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आईपीएस, वा क्यूआर कोड प्रयोग गर्न सकिनेछ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यो सम्झौताले ग्राहक र कर्मचारीहरूलाई स्वास्थ्य सेवामा थप सहुलियत प्रदान गर्नुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।




























प्रतिक्रिया