मंगलबार, ४ कार्तिक २०८२

सेयर बजारमा गिरावट

समयपोष्ट २०८२ भदौ १८ गते १५:४५

Advertisement

नेप्से परिसूचक १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

३२६ स्टकको ६८ हजार ५९४ पटकको कारोबारमा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको जलविद्युत र होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९३ प्रतिशत र विकास बैंकको ०.८५ प्रतिशत घटेको छ।

हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ४० पैसा बढेर ३२३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यूनियन हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३३ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। लिबर्टी इनर्जीको करिब साढे २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २६ करोड नाघेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री