सेयर बजारमा गिरावट
नेप्से परिसूचक १९.८९ अंक घटेर २७४१.४७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंक घटेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा खरिदबिक्री भएको छ। अघिल्लो दिन ५ अर्ब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भई २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहँदा २२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशतले घटेको छ भने अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
प्रतिक्रिया