गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’ सार्वजनिक
गरिमा क्यापिटल लिमिटेडले नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली, र छठ पर्व २०८१ को अवसरमा ‘बम्पर दशैं तिहार अफर’ घोषणा गरेको छ।
‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले यो योजना ल्याएको हो।
अफर अन्तर्गत, २०८१ असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म गरिमा क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्ने ग्राहकहरुले लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन्। लक्की ड्र मार्फत तीनजना भाग्यशाली विजेताले आकर्षक स्मार्टवाच जित्न सक्नेछन्।
यो अफरले विशेषगरी शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्तालाई लक्षित गरेको छ। खाता खोल्न चाहनेहरुले गरिमा क्यापिटलको वेबसाइट वा शाखामा गएर सजिलै आवेदन दिन सक्नेछन्।
गरिमा क्यापिटलले नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यो अफरको फाइदा उठाउन आग्रह गर्दै आगामी चाडपर्वहरु सुखद र समृद्धिपूर्ण रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ।
प्रतिक्रिया