मंगलबार, ६ साउन २०८२

बलिउड अभिनेत्री मलाइकाको अरोराका पिताले गरे आत्महत्या

समयपोष्ट २०८१ भदौ २६ गते १७:४६

बलिउड अभिनेत्री मलाइका अरोराका पिताले आत्महत्या गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् ।

यस घटनापछि अरोराका पूर्व पति तथा अभिनेता अरबाज खान उनको माइती पुगेका छन् । न्युज एजेन्सी एएनआईका अनुसार अभिनेत्रीको पिताले छतबाट हाम फालेर आत्महत्या गरेका हुन् ।अनिलले बान्द्रापस्थित आफ्नो घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।

यो घटना बुधवार बिहान करिब ९ बजेतिर भएको हो । अभिनेत्रीको पिताको शवलाई बाबा अस्पतालमा राखिएको छ । घटनाको समयमा अभिनेत्री पुणेमा थिइन् । खबर सुनेलगत्तै उनी मुम्बई निक्लिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री