हाँस्य कलाकार “इकु” पक्राउ, गैर कलाकारलाई कलाकार बनाउँदै विदेश लाने गरेकाे आरोप
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हाँस्य कलाकार “इकु” सुलेमान शंकरलाई पक्राउ गरेको छ ।
कलाकार भिसामा युरोप पठाउने गरेकाे आरोपमा प्रहरीले उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेकाे हाे ।
इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाउँदै क्यानडा, अष्ट्रेलिया र युरोपेली देशहरुमा लैजाने भन्दै ठगी गरेको प्रहरीकाे भनाइ छ ।
ललितपुरको धापाखेलका इकुले एसएमएस फिल्म प्रालि सञ्चालन गरिरहेका थिए । प्रहरीका अनुसार साेहि कम्पनीकाे नाममा रहेकाे ग्लोबल आईएमई बैंकमा रहेको खातामा उनले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ रकम जम्मा गर्न लगाएका थिए ।
विदेश पठाउन रकम जम्मा गरेका व्यक्तिहरुको नक्कली कागजात बनाउने गरेको प्रहरीले सूचना पाएसँगै इकुलाई नियन्त्रणमा लिएकाे हाे। हाल प्रहरीले इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया