सोमबार, ५ साउन २०८२

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

समयपोष्ट २०८१ भदौ २० गते १०:३४

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो ।

तर उक्त अवधिसम्ममा पनि शेयर खरिदका लागि कुनै आवेदन परेन । कम्पनीले बिक्रीमा राखिएको शेयरको परिमाण र प्रतिकित्ता मूल्य भने खुलाएको छैन ।

इच्छुक व्यक्ति वा संघसंस्थाले सात दिनभित्र कम्पनीको लाजिम्पाटस्थित शेयर शाखामा निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री