एनसेलको लाइसेन्स नवीकरण
समयपोष्ट
२०८१ भदौ १७ गते १७:१२
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक निजी कम्पनी एनसेलको लाइसेन्स नवीकरण गरेको छ ।
प्राधिकरणले किस्ता सुविधा दिएर लाइसेन्स नवीकरण गरेको हो । एनसेलले ४ वटा किस्ता २०८४ भित्र ब्याजसहित तिर्नु पर्ने छ ।
४ किस्तामा प्रतिकिस्ता ५ अर्बको दरले पैसा बुझाउनु पर्ने छ । जसमा एनसेलले १ किस्ता अर्थात ५ अर्ब तिरिसकेको छ । बाँकी ३ किस्ताको ब्याजसहित २०८४ भित्र तिर्नु पर्ने छ ।
एनसेलले जेठ १४ गते ४ अर्ब बुझाएको थियो । आइतबार१ अर्ब गरी ५ अर्ब बुझाएर लाइसेन्स नवीकरण गरेको छ । ४ किस्तामध्ये पहिलो किस्ता ५ अर्ब बुझाएको छ भने ३ किस्ता एनसेलले ब्याजसहित तिर्ने छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण शुल्क र ब्याजसहित ४ किस्ताको सुविधा दिएर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया