आइतबार, ४ साउन २०८२

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न सक्ने

समयपोष्ट २०८० असोज १० गते १७:३१


गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।

बैंकका अनुसार विदेशमा रहेका उक्त बैंकका ग्राहकहरुले तोके बमोजिमका कागजातहरु पुरा गरि सेवा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले फोन गरेर वा अन्य माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) नमाग्ने तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री