बिहीबार, २१ मंसिर २०८०

नेपाललाई याक र च्याङग्रा चिनको उपहार

समयपोष्ट २०८० असोज ९ गते १०:५५

Advertisement

प्रचण्ड हाल छिमेकी मुलुक चिनको भ्रमणमा छन् ।

भ्रमणका क्रममा नेपालले चिनलाई उपहार स्वरुप एक जोडी एक सिङ्गे गैडा उपहार दिने भएको छ।

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा नेपालले चीनलाई उपहारको रुपमा एक सिङ्गे गैडा दिने उल्लेख गरिएको छ ।

दुई देशबीचको दिगो मित्रताको प्रतीकका रूपमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपाल सरकार र जनताको तर्फबाट चिनियाँ सरकार र जनतालाई उपहारस्वरूप एक सिङ्गे गैडाको जोडी उपलब्ध गराउने उल्लेख छ।

त्यस्तै चिनियाँ पक्ष र नेपाली पक्षबिच याक, नाक र च्याङग्रा आदानप्रदान गर्ने समझदारी भएको छ । प्रजननको लागि चिनियाँ पक्षले नेपाललाई याक, नाक र च्याङग्रा दिने संयुक्त बक्तब्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री