आइतबार, ६ जेठ २०८१

“नाडा अटो शो-२०२३” सम्पन्न, ७६ हजार एक सय दर्शकले गरे अबलोकन

समयपोष्ट २०८० असोज १ गते १५:३६

Advertisement

टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ सम्पन्न भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतबाट शुभारम्भ भएको नाडा अटो शो करिब ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका छन् ।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो ।

यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

Advertisement

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसै गरि यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि (विवाइडी) प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रा.लि (जावा) प्रालिले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि (फोर्स मोटर्स ) ले जितेको छ । बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका निर्देशक केशव खत्री समेत सदस्य रहनेगरी तीन सदस्यि छनोट समिति समेत गठन गरेको थियो ।

नाडा अटो शो २०२३ का सह-प्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्टीक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष डा.धु्रव थापा, निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्व अध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल, जनकी अटोमोवइल एशोसिएसनका निर्वतमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोवइल एशोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो प्रदर्शनीमा सहभागी १२० कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गर्नु भएको थियो । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो र प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. धु्रव थापाले नाडा अटो शो २०२३ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिनु भयो । नाडा अटो शो २०२३ सम्पन्न गर्न अध्यक्ष थापा कै अध्यक्षतामा ११ सदसिय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालको संयोजकत्वमा २३ सदसिय नाडा अटो शो २०२३ व्यवस्थापन समिति समेत गठन गरेको थियो ।

उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौ समर्पणसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । ६ दिनसम्म चलेको सो प्रदर्शनीमा माननीय उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेत लगायत विभिन्न मन्त्रालयका सचिव तथा विभागिय प्रमुखहरुले समेत अवलोकन गर्नु भएको थियो । उक्त समापन कार्यक्रमको सञ्चालन नाडा अटो शो व्यवस्थापन समितिका सभापति अनुप बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री