एसबिआई बैंक र ओम्नी मोर्टसबिच सम्झौता
समयपोष्ट
२०८० भदौ ३१ गते १८:२१

नेपाल एसबिआई बैंक लि. र ओम्नी मोर्टस प्रा.लि बिच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोर्टस प्रा.लि का तर्फबाट सह निर्देशक उदयन काब्राले हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा बैंकका कर्पोरेट क्रेडिटका प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमूख प्रविण भट्टराई, कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।
सम्झौताको उदेश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको छ ।
यस बैंकले ९४ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।




























प्रतिक्रिया