सिटिजन्स बैंकको लाभांश घोषणा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ४२८ औं बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९/८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्तापुँजी रु. १४,२००,९७४,००६ को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिने छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।




























प्रतिक्रिया