शनिबार, १३ असोज २०८०

प्रधानमन्त्रीलाई कर्मचारीको एस एम एस : “नासुका आँशु देख्नु भएन?”

समयपोष्ट २०८० भदौ २९ गते १२:३०

Advertisement

सरकारले सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्य सचिव लगायतलाई एस एम एस गरी आफ्ना माग पुन स्मरण गराएका छन् ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखी एस एम एस गरेका हुन ।

आफ्ना माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने समेत उनीहरूले जनाएका छन् ।
यस्तो छ एस एम एसको विवरण :-

सम्माननीय प्रधानमन्त्रीज्यू !
“नासुका आँशु” देख्नु भएन?
१- निजामती सेवा अधिकृतमुखी बनाउँदै ५ वर्ष सेवा अवधि भएकालाई १ तह र १० वर्ष सेवा अवधि भएकालाई २ तह वृद्धि सहित तिनै तहमा तहगत प्रणाली लागू गरियोस् !
२ अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौँ तहलाई कायम गरियोस्!
३- छैटौँ अधिकृत तहको पदपूर्तिमा :-
५० % खुल्ला, ४०% बढुवा, १०% आन्तरिक/अन्तर तह प्रतिस्पर्धाको व्यवस्था होस् !
४-चौथो तहको पदपूर्तिमा
७० % खुल्ला, २०% बढुवा र १० % आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् अन्य पदमा हालको व्यवस्था यथावत कायम गरियोस् !
५- तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवाैं तहको खुला प्रतिस्पर्धामा सहभागी हुन नरोकियोस!
६- एकपटकलाई समायोजनको पुनरावलोकन व्यवस्था सहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस्!
७- सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री