सानिमा बैंकको लाभांश घोषणा
समयपोष्ट
२०८० भदौ २९ गते १०:३५
सानिमा बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया