एभरेष्ट बैंकले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८० भदौ २८ गते ९:२४

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको हो।
बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।




























प्रतिक्रिया