बिहीबार, १ साउन २०८२

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

समयपोष्ट २०८० भदौ २६ गते २२:००

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्नुहुँदै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताउनु भयो ।

नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री