आइतबार, ६ जेठ २०८१

नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक

समयपोष्ट २०८० भदौ २६ गते २०:५२

Advertisement

नाडा अटो शो मा फोर्स अरबानीया सार्वजनिक भएको छ ।

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि ले नाडा अटो शोमा भारतमा अत्याधिक रुचाइएको साथै नेपालमा बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानीया भ्यानको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।

यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा युक्त रहेको छ । कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको छ ।

आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य ८२,९९,००० र १८ सिटको भ्यानको मुल्य ८६,९९,००० रहेको कम्पनीले जनाएको छ ।

Advertisement

यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ साथै नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री